काठमाडौं । चीनबाट ८ लाख डोज खोप नेपाल आइपुगेको छ ।
चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा मंगलवार काठमाडौं आइपुगेको हो । खोप लिन सोमवार राति बेइजिङ उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान उक्त परिमाणको खोप लिएर काठमाडौं आइपुगेको हो ।
मंगलवार नै चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि हिमालयन एयरलाइन्सले नै कुन्मिङबाट थप १ लाख डोज खोप ल्याउने भएको छ ।
चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो । फाइल तस्बिर










