नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

लुम्बिनीबाट राष्ट्रियसभाको उपनिर्वाचनमा निर्वाचित भएका पाण्डेले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाण्डेले बुधबार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा राष्ट्रियसभामा निर्वाचित भएका थिए ।