काठमाण्डाै - ब्राजिल र इक्वेडर कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिल र इक्वेडरले एक/एक गोलको बराबरी खेल्दै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन् । खेलमा ब्राजिलले सुरुवाती अग्रता जोगाउन सकेन ।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै बराबरी गरे । बराबरीसँगै समूह 'बी' को ब्राजिल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्राजिलको ४ खेलमा १० अङ्क छ । समान चार खेलमा ३ अङ्क जोडेको इक्वेडर पनि चौथो स्थानमा रहँदै क्वार्टर फाइनलमा पुगेको छ ।