दमक,१८ असार। दुई बर्ष अघि आगोले जलेर ज्यानगुमाएकीझापा, कमलगाउँपालिका ६ सोनापुरकीकुलमायाबस्नेतको परिवारलाई स्थानीययुवाहरुको सक्रियतामानिर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।

आगाले जलेर देवीवहादुर बस्नेतका २२ बर्षिया छोरी कुलमायाको मृत्युभएपछि पीडित परिवारलाई स्थानीययुवाले घर बनाइदिएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपचारका क्रममाविरामीको मृत्युभएपछि घरवारविहीन बस्नेत परिवारलाई स्थायी रुपमाबसोवासको व्यवस्थागर्नका लागिघर निर्माण गरि हस्तान्तरण गरिएको सामाजिकअगुवाहुकुमसिंह राईले बताए।

घर बनाउन राईसहितकामनकारी युवाहरुको समितिले सरसहयोग जुटाएर घर निर्माण गरिदिएको हो ।एक तले जस्तापाताले छाएको पक्कीघरनिर्माणमारु ५ लाख४५ हजार १००रुपैया खर्च भएको समितिकाआर्थिक संयोजकहर्कवहादुर रायले बताए।

रायकाअनुसार बस्नेत परिवार तीन पुस्तादेखि त्यहाँका एक नेपाल परिवारको घरायसीकामदारका रुपमा बस्दैआएका थिए । खोले पकाउनआगो बालेको चुल्होमा परेपछि कुलमायाको उपचारमा समस्या भएपछि राईको नेतृत्वमाकुलमायाबचाउअभियान गठन गरिएको थियो । उपचारका क्रममाविरामीको मृत्युभएपछि त्यहिअभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।

घर निर्माणमा नेपाल परिवारले दश धुर जमीनदिएकाथिएभने इटा,सिमेन्ट,रड लगायतकाकच्चा सामाग्री सहयोगबाटनै जुटाइएको थियो। त्यस्तै ,वडा कार्यालयले पनिआवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीययुवाहरुले श्रमदान गरि सहयोग पुरयाँएकाथिए ।

संयोजक राईका अनुसार कूलमायाबचाउअभियानकै बीचमाविरामीको उपचारका लागित्यस क्रममारु ३ लाख ८० हजार रुपैयाँ सहयोगप्राप्तभएको थियो । सो रकम समेत केहीप्रतिशतघरमा पनिखर्चिएको र बचत रकम रु २ लाख१६ हजार ४ सय ६३ रुपैया कूलमायाको परिवारको जिविकोपार्जनकारकमहस्तान्तरण गरिएको थियो ।समितिले आजत्यहाँ एक कार्यक्रम गरि बस्नेत परिवारलाई नवनिमसर््त घरको साँचो,नगद सहयोगको चेक हस्तान्तरण गरिएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा समितिका सन्तोष भण्डारी,तेजु आङदेम्बेलगायत,स्थानीय छरछिमेकीहरुको समेत उपस्थिति रहेको थियो ।