अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा धादिङमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य ६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा गएराति अन्दाजी १/२ बजे खसेको पहिरोमा पुरी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर रञ्जन अवाले लोकान्तरलाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार, भारतका ५५ वर्षीय राजेश कुमार, वर्ष ७ का सुगम कुमार, वर्ष २७ का सन्देश कुमार, २५ राजा कुमार घाइते भएका छन् । उनीहरूको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६ का वर्ष ४० का हरी बहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजाको चितवनको एक अस्पतालमा उपचार जारी छ ।

बाटोमा रहेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।