तास खेलिरहेको अवस्थामा झापा प्रहरीले दमकबाट ७ लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ ।
दमक–८ बाट तास खेलिरहेको अवस्थामा मंगलवार ११ बजेतिर इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्की सहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।
प्रहरीले पक्राउ परेका साथबाट ६ बुक ताससहित ७ लाख ४५ हजार ५०० समेत बरामद गरेको उनले जानकारी दिए ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस










