नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो ।

यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। आज बिहान ५:३० बजेदेखि सेती दोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिराले सयौं सवारी साधन रोकिएका छन ।