काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्न लागि परेको बताउनुभएको छ । आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै ओलीले २०२१ भरमा सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको हो ।
भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उहाँको भनाई थियो । विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
सरकारले जनताको जीवन रक्षा नै पहिलो प्राथमिकतामा राखेर कोभिड नियन्त्रणमा लागेको कारण २०२१ भित्र सम्पुर्ण नेपालीलाई खोप लागईनेमा विश्वस्त भएर वस्नका लागि उहाँले आग्रहर गर्नु भएको छ ।
भवनको छैटौँ तल्लामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यालय राखिने भएको छ । अण्डरग्राउण्ड २ सहित ९ तल्ले यो ब्लक निर्माणका लागि जे.आई.इसी तथा शर्मा रसुवा कन्स्ट्रक्सन प्रालिले दुई अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लिएको थियो । भवन तोकिएको समयमै निर्माण सम्पन्न भएपनि कोरोना महामारीका औपचारिक उद्घाटन ढिला भएको हो । उद्घाटन नभईनै यो ब्लकमा कोरोना संक्रमितलाई राखेर उपचार गरिएको थियो ।
भवनको उद्घाटनसँगै वीर अस्पतालमा १०० शैय्याको आइसीयू पनि सञ्चालनमा आएको छ । यो सञ्चालनमा आएसँगै वीर अस्पताल नेपालकै सबैभन्दा ठूलो आइसीयू भएको अस्पतालको अस्पताल बनेको छ । कुल १७ रोपनी क्षेत्रफलमा बनेको यो भवनमा पहिले ७५० शैय्या रहने बताइएको छ ।










