नवनियुक्त ऊर्जामन्त्री पम्फा भुसालले अहिले लोडसेडिङको समस्या जल्दोबल्दो रुपमा रहेको भन्दै अब कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै उनले आफूबाट काममा कुनै पूर्वाग्रह नरहने भन्दै आफ्नो जोड परिणाममुखी कामतर्फ भएको बताइन् ।
‘काममा कुनै पूर्वाग्रह राख्दिन तर परिणाममुखी काम निकाल्नुपर्छ’, उनले भनिन्, ‘अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔँ। बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ ।’










