काठमाडौँ: सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागको मंगलबार बसेको बैठकले सार्वजनिक सवारी साधनमा त्यसै दिनदेखि लागु हुनेगरी २८ प्रतिशतसम्म भाडा बढाइएको जानकारी गरिएको छ।

विभागले विज्ञप्ति जारी गर्दै सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि) लाई मध्यनजर गर्दै अध्ययन तथा विश्लेषण र सरोकारवालाहरुसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड