काठमाडौं । दैलेखको नारायण नगरपालिका ११ टाटामकु डाँडा टोलमा मुडा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् ।

दैलेखको नारायण नगरपालिका ११ टाटामकु डाँडा टोल बस्ने ३२ वर्षीया सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्ल गम्भीर घाइते भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थाई प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरीले सुसिलालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।