जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका–२ स्थित अत्रौली खोलाबाट ७७ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय अशोक कुमार लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अत्रौली खोलाबाट लागुऔषध गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लामालाई बिहीबार पक्राउ गरेको हो ।
लामाले प्रयोग गरेको बा.५२प १९३२ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। उनी सँगै रहेका २ जना भने फरार भएको प्रहरीले जनाएको छ ।
उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।










