नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे कुनै कुरा नभएको हेक्का राख्न स्मरण गराएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी सम्झौता अगाडि बढाउनसक्ने चर्चाबीच रावलले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने दोहोर्याएका छन् ।
रावलले ट्विटरमा लेखेका छन्, ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’
https://twitter.com/BhimRawal179/status/1420297445674610688?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1420297445674610688%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F152125%2F2021%2F7%2F28%2Fpolitics%2Fbhim-rawal










