नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम सोमबार टुंगो लगाउने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाले सोमबार पुन बैठक बसेर यसबारेमा टुुङ्गो लगाउने बताउनुभयो । गठवन्धनमा सामेत कतिपय दलले सरकारमा सामेत हुने नहुने अझै निर्णय नभएकाले ढिला भएको उहाको भनाई छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सार्ने निर्णय गरेको छ । साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बैठकले भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने निष्कर्ष निकालेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटना क्रममा बारेमा जानकारी गराउनुभएको थियो । माओवादी स्थायी कमिटी बैठक सोमबार पनि बस्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।