नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गर्ने भएका छन् । आफैले दोश्रो पटक भंग गरेको प्रतिनिधि सभाको पुनःस्थापना पछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिनिधि सभामा सम्वोधन गर्न लागेका हुन् ।
ओलीले आज सभामा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले संसदीय दलका नेता विशाल भट्टराईले जानकारी दिए ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्वोधन गर्न लागेका हुन् ।










