काठमाडौं । एक घण्टाका लागि स्थगित गरिएको लुम्बिनी प्रदेशसभाको आजको दोस्रो बैठक सुरु भएको छ । बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा पढेर सुनाउने कार्यसूची रहेको नेपाली कांग्रेसका सचेतक कल्पना क्षेत्रीले जानकारी दिइन् ।
मुखमन्त्री पोरखेलविरुद्धको अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नका लागि विशेष अधिवेशन बोलाइएको थियो । तर, बैठक चल्नुअघि नै मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका थिए । यद्यपि, राजीनामाको पत्र नआइपुगेको भन्दै प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल भएको थियो । छलफलपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको थियो ।










