विराटनगर । सुनसरीको कोसी गाँउपालिकामा हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । कोसी गाँउपालिका-४ श्रीपुर गलफलिया टोलका किसान रामानन्द खत्वेको बिहान हात्तीले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार बिहान खेतमा काम गर्न जाँदा कोसी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तिले लखटेर खत्वेलाई किचेको थियो । हात्तीले किचेर घाइते भएका खत्वेको अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।