अर्घखाँची : अर्घाखाँची कारागारमा रहेका ६० कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । एन्टिजिन विधिबाट गरिएको परीक्षणमा कुल ६४ मध्ये ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिकाले संयुक्त रुपमा गरेको परीक्षणमा कारागारमा रहेका ९४ प्रतिशत कैदीबन्दीमा संक्रमण देखिएको सन्धिखर्क नगरपालिकाका स्वासथ्य शाखा प्रमुख पूर्ण पराजुलीले जानकारी दिए ।
अर्घाखाँची जिल्लामा कोभिडको जोखिम बढेपछि हाल जिल्ला पूर्ण रुपमा बन्द छ । डिसीसीएमसीको बैठकले साउन महिनाभरका लागि यही १६ गतेबाट कडाइका साथ निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।










