काठमाडौं । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तानको घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे ।
“सार्क राष्ट्रको अध्यक्ष । यस देशको प्रधानमन्त्री । कम्फर्टेबल सरकार । जनकवी केसरीले भनेजस्तो दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन सभामुख महोदय थाहा पाएन,” उनले भने । बास्कोटाले त्यहाँ रहेका नेपालीको फिर्ताको व्यवस्था गर्न माग गर्दै घटनाबारे सरकारको दृष्टिकोण स्पष्ट पार्न माग गरे । उनले संसद्मा जानकारी गराउन पनि माग गरे । उनले अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति भन्दै प्रश्न पनि गरे ।
उनले भने, “सरकार कहाँ छ जनता जान्न चाहन्छन् । हामी जान्न चाहन्छौं ।”










