पछिल्लो २४ घन्टामा तीन हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६११ नमूना परीक्षणमध्ये २ हजार ५६६ पीसीआर र ८८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यो ससँगै नेपालमा हालसम्म ८ लाख १० हजार ८५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ३२७ पुगेको छ ।मन्त्रालयका अनुसार थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ । हाल मुलुकभर ३९ हजार ३७१ सक्रिय संक्रमित छन् ।










