काठमाडौँ : प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले झालाई प्रदेश प्रमुखमा पदमुक्त गरेको थियो। अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।