काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा भएको संसद विघटनका सम्बन्धमा परेका २९ मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ।

ती मुद्दाहरुको सुनुवाई १४६ जना सांसदको तर्फबाट दायर मुद्दाको टुंगो लगाउने न्यायाधीशहरु नै रहेको संवैधानिक इजलासमा हुने भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

यसअघि नै संसद विघटन सम्बन्धमा १४६ सांसदका तर्फबाट दायर मुद्दालाई मुल मानेर बाँकी मुद्दाको टुंगो लगाउने निर्णय भएको थियो। सोही अनुसार नै २९ मुद्दाको फैसला आउने छ।