काठमाडौँ- माधव नेपालको पक्षमा रहेका तर नयाँ पार्टी स्थापनाका क्रममा उनको साथ छाडेका नेकपा एमालेका नेताहरु वसुन्धराको एउटा होटलमा छलफलमा व्यस्त छन्।
शुक्रबार उनीहरु बसुन्धराको एउटा होटलमा बसिरहेका हुन्।
माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा एमाले समाजवादीमा नरहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलगायतका नेताहरु छलफलमा व्यस्त रहेका छन्।
बैठकमा रघुजी पन्त, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, झपट रावलसहितका नेताहरु सहभागी रहेको बैठकमा सहभागी एक नेताले बताए।
नेकपा एमालेभित्र रहँदा माधव नेपालकै पक्षमा खुलेर रहेका भए पनि नयाँ पार्टी स्थानापछि भने उनीहरुले नेपालको साथ छाडेका छन्। यद्यपि उनीहरु केपी ओलीको पक्षमा पनि खुलिसकेका छैनन्। नेकपा एमाले एक हुनुपर्ने अभियानमा उनीहरु यसअघि पनि थिए भने अहिले पनि उनीहरु नेपाल र ओली एकै ठाउँमा हुनुपर्ने अडानमै छन्।










