काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा हटेको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा हटाएर कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश मात्र जारी गरेका हुन् । निषेधाज्ञा हटेसँगै फिल्म हल मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोलिएको छ ।
तर बिहीबार पूर्णरुपमा फिल्म हल भने खुलेनन् । केहि हलहरुमा सरसफाइ गरिएको र केहिदिनमा हल खुल्ने हल सञ्चालकले जनाएका छन् । त्यस्तै होटल रेष्टुरेन्ट पनि पूर्ण रुपमा खोलिएको छ । चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।










