पोखरा । पर्वतका विभिन्न ठाउँमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोमा परी कुस्मा नगरपालिका–३, दुर्लुङमा १३ वर्षका बिनिता पौडेल र १५ वर्षका बिमला पौडेलको मृत्यु भएको हो । यस्तै, कुश्माकै ११ नम्बर वडा, सिल्मीका ३५ वर्षका एक महिला र उनका छोरा गणेश पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कुश्मा–३ मा अन्दाजी ४५ वर्षका फुलमाया थापाको पनि मृत्यु भएको छ ।हराइरहेका दुईजनाको खोजी भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।










