नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले नेपालले छिमेकी र अन्य मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउने बताएका हुन् ।
नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको उनले बताए । उनले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको जिकिर गरे ।
महतले एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउनेपनि विश्वास दिलाए । त्यस्तै, डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पारे । उनले कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको दावी गरे । उनले उम्मेद्धवारीको प्रश्नमा आकांक्षाहरु अभिव्यक्त हुनु स्वभाविक भएको बताए ।










