ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइका समस्यालाई केन्द्रित गरेर अनुसन्धान गरी समाधान खोज्नुपर्ने बताएकी छिन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले मुलुकमा देखिएका सिँचाइका समस्या समाधान गर्न आवश्यक अनुसन्धान गर्न सुझाव दिएकी हुन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले मन्त्रालय अन्तर्गतका निकायसँग समन्वय गरेर अनुसन्धानका गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै अनुसन्धानमा काम गर्नेहरू जागिरे मात्र नभई कर्तव्यबोध भएर आफ्नो काममा खटिनुपर्ने बताएकी हुन् ।
उनले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनसम्बन्धी प्रभावबारे अनुसन्धानलाई केन्द्रित गर्नुपर्ने पनि बताइन् । कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले नदी नियन्त्रण एवं नदीले बगाएर ल्याउने गेग्रानका विषयमा पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिएकी हुन्।










