नेपाल भ्रमणमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातीमा सुमार नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेको छ ।

सिंहदरबारमा भएको भेटमा सुमारले एमसीसी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माण लगायत पूर्वाधार निर्माणका लागि एमसीसीबाट अनुदानस्वरुप सहयोग हुने उनले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै मन्त्री भुसालले राजनीतिक सहमतिका आधारमा नै एमसीसीका बारेमा निर्णय हुने बताइएकी थिइन् । बिहीबार नेपाल आएको टोलीले बिभिन्न दलका शिर्ष नेतासंग भेटवार्ता गरेको थियो ।