काठमाडौं, २७ भदौं । हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आंशिक बदली रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन÷ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन÷ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।