काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

पानी पार्ने प्रणाली खासै नभएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो र बेलुका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाण्डाै उपत्यकामा पनि दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले बताउनुभयो । ठूलो पानी नपरे पनि जमिन गलेका भिरालो जमिनमा सुक्खा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुने पनि बताएका छन् ।