नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २ सय ६६ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८० र ४ हजार १ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४२ हजार ३ सय ६ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २६ हजार २०२ सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु
सवाल नेपाल संवाददातामंगलबार, २९ भदौ २०७८

नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



