कैलालीको चुरे गाउँपालिकामा खनिएका मापदण्ड बिपरीत सडकका कारण बर्षेनि पहिरो जाने गरेको छ । पहिरोका कारण दर्जनौँ घरपरिवार विस्थापित भएका छन्। पहिरोको जोखिम भएपछि अहिले २४ परिवारहरु सडकमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। गतबर्षको बर्खायाममा ३ सय परीवार बिस्थापित भएको चुरेमा बर्षेनि पहिरो जान थालेपछि स्थानियवासीहरु समस्यामा परेका हुन् । पहिरो प्रभावित घरपरिवारहरूले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मापदण्ड बिपरीत बर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोका कारण गाउनै बिस्थापीत हुन थालेका छन् । चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगंलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाउ बिस्थापित हुन थालेका हुन । तिनै तहका सरकारको मापडण्ड नपुगाएरै गाउ गाउमा सडक पुगाउने होटबाजीले बहिरो जान थालेको हो । गाउको दुबै तिरबाट पहिरो गएर बस्नै नसक्ने अबस्था आएको बताउदै चुरे गाउपालिका वडा नम्वर ५ का कमल बहादुर लामाले सरकारले नया ठाउमा बस्ति बसाउनु पर्ने बताउनु भयो।

चुरका बिभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यहाका स्थानिय घरबार बिहिन बन्दै गएका छन । गाउमा बस्न सक्ने अबस्था आएपछि नभएपछि उनिहरु सडकमै बास भएको छ । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । पहिरोका कारण बिस्थापित भएर सडकमा बस्नु परेपनि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि कुनै पहल नगरेको स्थानिय मिनबहादुर तामाङ गुनासो गर्नु भयो।

गत बर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परीवार बिस्थापित भएका छन । यस्तै भदौ ९ र १० गते भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडी, काफलगैरा बस्ती प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । नया ठाउमा बस्ति बसाउनका लागि केन्द्र र प्रदेश सरकारसग पहल भईरहेको चुरे गाउपालिका वडा नम्बर ५ अध्यक्ष तथा प्रबक्ता नरबहादुर तामाङले बताउनु भयो।

पहिरोबाट प्रभावित घरपरिवारहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । सरकारले पहिरो पिडितकाम लागि सुरक्षित घरको व्यवस्था उनीहरुको माग छ।