काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आज अपरान्ह नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले खेाप काठमाडौं ल्याएको हाे ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार खाेप २ बजे काठमाडाैं आइपुगेको हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो।