काठमाडौं । नेकपा एमाले केपी ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताउनुभएको छ ।

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताउनुभएको हो । ओलीले नयाँ संविधानले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्यगरेको दाबी गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संविधान बनाउँदा देशभित्र र बाहिर व्यापक रूपमा जनस्तरमा र सामाजिक जीवनका सबै क्षेत्रमा बहस गरेको उहाँले जानकारी दिनुभयो ।

जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताउदै उहाँले संविधानमा जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन् भनेर व्यवस्थित गरिएको जिकिर गर्नुभयो । त्यसैले संविधान दिवसको विशेष महत्व रहेको ओलीको भनाइ थियो ।

‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ती सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भन्न्ुभयो ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन भनेको छ ।’

समानुपातिक समावेशी सहभागिता, पछाडि परेको समुदाय अगाडि बढाउने नीति निर्माण, जनप्रतिनिधिमुलक संस्था जनताको सामाजिक जीवन सबैको प्रतिनिधित्व हुन सकेको ओलीको भनाइ छ ।