झापाको अर्जुनधारामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका एक दम्पतीको काठमाडाैँको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा भएको आगलागीमा परी अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनको श्रीमती दुर्गा खनाल र छोरा पकज खनाल घाइते भएका थिए ।