दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्व नजिकिएसँगै विदेशबाट नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । वैदेशिक रोजगारी र शैक्षिक सिलसिलामा गएका तथा उतै स्थायी आवासीय सुविधा (पीआर) पाएका गैरआवासीय नेपालीहरू (एनआरएनए) हरू चाडपर्वको छेको पारेर नेपाल आउन थालेका हुन् ।
असोज लागेसँगै विदेशबाट आउने नेपालीहरूको सङ्ख्या निकै बढेको त्रिभुवन विमानस्थल, अध्यागमन विभागले जनाएको छ । अध्यागमनमा रेकर्ड भएको तथ्याङ्क अनुसार पछिल्ला चार दिन (असोज १ देखि ४ गते) भित्रै करिब १० हजार नेपालीहरू स्वदेश फर्किसकेका छन् ।
असोज १ गते २३ सय ९५ जना आगमन भएकोमा २ गते २४ सय ६८ जना, ३ गते २५ सय ६० जना र हिजो अर्थात् असोज ४ गते २७ सय २० जना नेपालीहरू हवाई मार्ग हुँदै स्वदेश फर्किएको विभागका प्रमुख सुनिल वैद्यले रातोपाटीलाई जानकारी दिए । रातो पाटि बाट










