एजेन्सी । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो ।

नोभेम्बरमा हुन लागेको कोप–२६ सम्मेलनअघि एउटा प्रतिवेदन सार्वजनिक गर्दै डब्ल्यूएचओले वायु प्रदूषण खतरनाक भएको चेतावनी दिएको हो । वायु प्रदूषणको कारणा विश्वमा प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको मृत्यु हुँदै आएको छ । आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरु वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उसले आफ्नो १ सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ । डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा रहेको छ । बुधबार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम २।५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा पहिलेको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ । त्यस्ता कणहरु ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छ ।

निर्देशिकामा भनिएको छ, ‘विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम २।५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्थ्यो ।’ प्रतिवेदनमा ओजोन, नाइट्रोजन डाईअक्साइड, सल्फर डाईअक्साइ र कार्बन मनक्साइडलाई पनि हानिकारक प्रदूषणको रुपमा खुट्याइएको छ । वायु प्रदूषणको कारण मुटु रोग र स्ट्रोक हुन सक्छ । बालबालिकाको फोक्सोको विकास रोकिदिन सक्छ र नराम्रो किसिमको दम गराउन सक्छ । प्रिमियर लीग ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो ।