राजतन्त्र समाप्तीपछि नारायणहिटी दरबार संग्राहलमा राखिएको राजाको श्रीपेच लिन खोज्ने एक युवकको प्रयास असफल भएको छ ।

शुक्रवार विहान एक युवकले संग्राहलयमा राखिएको श्रीपेच झिक्न खोजेका थिए । अवलोकनका लागि पुगेका पश्चिम रुकुम मसिकोट–११ का २५ वर्षीय खिमबहादृर घर्तीले सिसाको वक्स फुटाएर श्रीपेच निकाल्न खोजेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रीपेज निकाल्न प्रयाश भैरहेको तत्काल सेनाले देखेपछि घर्तीलाई नियन्त्रणमा लिईयो ।

सिसा फुटाउँदा घर्तीको हातमा चोट लागेको छ ।

घर्तीले ‘म राजा हुन आएको हुँ’ भन्दै श्रीपेच निकाल्न खोजेको महानगरिय प्रहरी बृत्त दरबारमार्गका प्रमुख रामेश्वर पौडेलले बताए । घर्तीको मानसिक स्वास्थ्य अवस्थाबारे जाँच भइरहेको छ ।