प्रहरीले बाराबाट ८३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका(१६ का ४१ वर्षीय रुकबहादुर रुम्बा छन्।

बा३७प ९६८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले शुक्रबार दिउँसो पूर्व(पश्चिम राजमार्ग नजिकैबाट पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठघाट जाने सडकमा पुग्दा गाँजा बोकेर हिँडिरहेकाहरू फरार भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। त्यसरी भाग्ने क्रममा रुम्बालाई पक्राउ गरिएको र अन्य फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।