विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज काठमाडौंमा अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेको जहाज काठमाडौं फर्किएको हो ।

जहाज केही समय काठमाडौंकै आकाशमा होल्ड भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“भर्खर जहाज सुरक्षित ल्यान्ड भएको छ । के भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं,” बुद्ध एयरका एक अधिकारीले बाह्रखरीसँग भने ।