युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ ।

अभियानबाट सयौं महिला लाभान्वित भएका छन् । यसअघि संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संस्थाले क्रमशः देशका प्रमुख शहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।