जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, कुनै मानवीय क्षति भने हुन पाएन

जापानमा आज बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

– सिन्ह्वा