काठमाडौं । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ ।

विहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि राजेश पुलामीले २६, दिलिपनाथ र कमल सिंह ऐरीले २३र२३ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १४१ रनज बनाएको थियो ।

उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाएका थिए ।

चितवनका सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।