पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो । सोमबार बिहान मर्निङ वाक गरेर नुहाउनका लागि वाथरुममा छिरेका खत्री लडेपछि उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो । खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताउनुभएको थियो । उहाले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गर्नुभएको थियो । उहाँ करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा सहभागी हुनुभएको थियो । खत्रीको निधनपछि उहाँको पार्थिव शरिरलाई एन्फा कम्प्लेक्समा राखिएको थियो । एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले एन्फाको झण्डा ओढाएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खत्री सवैभन्दा राम्रो रेफ्री भएको र एन्फाले सदैव सम्झने बताउनुभयो । त्यस्तै पूर्व फुटबल खेलाडी उपेन्द्रमान सिंहले खत्री अत्यन्त्रै मिलनसार व्यक्तित्व रहेको र नेपाली फुटबल जगतमा उहाको योगदान अविश्मरणीय रहेको बताउनुभयो । खत्रीले सन् २०१८ मा रेफ्रीबाट अवकासमा लिनुभएको थियो । त्यसपछि उहा रेफ्री प्रशिक्षकको भुमिकामा काम गर्दै आउनुभएको थियो । उहाका एक श्रीमती र एक छोरा हुनुहुन्छ ।
पूर्व फिफा रेफ्री लव खत्रीको निधन
सवाल नेपालसंवाददातासोमबार, १८ असोज २०७८

पूर्व फिफा रेफ्री लव खत्रीको निधन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



