प्रमुख सुवेदीले भने, ‘बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडक खण्डमा चितुवा र बाघको समूह देखा परेको हो । केही दिनदेखि लमही नगरपालिका ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेपछि आम नागरिकलाई उक्त जोखिमबारे जानकारी गराउने उद्देश्यले हामीले सुचना जारी गरका हौँ ।’
कार्यालयले दिएको सूचनामा दाङको रिहार क्षेत्रबाट बाँकेको शिवखोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुल्ला सवारी साधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत सचेत गरेको थियो ।
यस्तै, बाँकेको राप्ती सोनारी गाउँपालिका १ गांभरमा पनि घरको छेउछाउमै आएर पाटे बाघ कराउन थालेपछि त्यहाँका स्थानीयहरु रातभर नसुत्ने गरेको बताइएको छ । गाभरस्थित विद्यालय नजिकै आएर बाघ कराउने गरेको स्थानीयले बताएका छन् ।
गत शनिबार सो गाउँका स्थानीय वनमा भैंसी र बाख्रा चराउन गएका बेला स्थानीय हिरा खड्का, कालिका खड्का र सेतु वलीलाई ४ वटा पाटे बाघले घेरा हालेको अवस्थामा सकुशल उद्दार गरिएको थियो ।










