काठमाण्डौ ( जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित १ सय २६ जना आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १ सय २६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको हो । कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि उनीहरूको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्याउनका लागि रकम असुलेका मानव तस्करले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको अनुमान छ । १ सय २६ मध्ये सयभन्दा बढी हाइटीका नागरिक छन् । नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेका खबरमा उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिकातर्फ अघि बढेको बताउनुभएको छ । उनीहरूलाई होन्डुरसको सीमामा पुर्याएर त्यहाँका निकायलाई जिम्मा लगाउने तयारी छ ।