झापा । यहाँका एक समाजसेवी दम्पतीले अपांगता भएका व्यक्तिहरूलाई राहत वितरण गरेका छन् । विर्तामोड(५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया र पत्नी बबिता राईले सोही नगरपालिकाको वडा नं। ७ र ८ का अपांगता भएकाहरूलाई राहतस्वरूप खाद्यान्नलगायतका सामग्री वितरण गरेका हुन् ।
गरामनीमा आयोजित एक कार्यक्रमका बीच मुखियादम्पतीले चामल, नुन, तेललगायतका खाद्या सामग्री वितरण गरे । कार्यक्रममा सहभागीले गोपाल र बबिताको सेवामुखी कार्यको सराहना गरेका छन् ।










