बाजुरास्थित कर्णाली नदीमा सुक्खा पहिरो खसेर करिब एक किलोमिटर क्षेत्रमा कृत्रिम ताल बनेको छ । आज बिहान करिब ६ः३० मा खसेको सुक्खा पहिरोले ताल बनेको हो ।

पहिरोले कर्णाली नदी थुनिँदा बाजुराका दुईवटा गाउँपालिकाका केही भाग कटान गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–२ को भवन भएको ठाउँदेखि बाजुराकै स्वामीकार्तिक गाउँपालिकातर्फ पहिरो गएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार पहिरोले करिब एक घण्टा कर्णाली नदी थुनिएको थियो । ‘‘उक्त पहिरोका कारण करिब एक किलोमिटर कर्णालीमा ताल बनेको थियो । अहिले स्थिति खतरामुक्त हुँदै आएको छ । पहिरोले एक घण्टा कर्णाली नदी थुन्दा दुई गाउँपालिकातर्फको जमिन कटान गरेको छ । उक्त क्षेत्रमा केही जोखिम छ । अन्य क्षति पुगेको छैन,” प्रजिअ अधिकारीले बाह्रखरीसित भने ।