काठमाडौँ– सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

काठमाडौँबाट दोलखा जाँदै गरेको कान्तिपुर सुपर यातायातको बा४ख १८०२ नम्बरको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परी केही यात्रु घाइते भएका छन् । घाइतेको उपचारका लागि नजिकैको अस्पताल लैजाने काम भइरहेको छ ।

बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको हो ।

बस रुखमा अड्किएपछि यात्रुले बसको सिसा तोडेर बाहिर निस्किएका थिए ।