मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। सो दुर्धटनामा परी २२ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । स्थानीय प्रहरीका अनुसार सो बस क्षतविक्षप्त अवस्थामा पुग्दा २२ जनाको मृत्यु भएको हो ।
मंगलबार छायानाथ रारा नगरपालिका–७ मा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको हो। सो बसमा ३९ जना सवार थिए। अहिले घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। घटनाबारे पूर्ण विवरण आउन बाँकी छ।










